नयाँ मर्यादाक्रमप्रति अख्तियारको आपत्ति

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ७, २०७५

    – सरकारले हालै निर्धारण गरेको नयाँ मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आपत्ति जनाएको छ ।

    आयोगको आज बसेको बैठकले संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकबमोजिम संवैधानिक प्रमुखहरुको लगत्तै राख्ने गरी सो निर्णय पुनरावलोकन गर्न सरकारसंग माग गरेको छ । 

    सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रमले संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता प्रभावित हुने तथा मनोबलमा समेत असर पर्ने अख्तियारले जनाएको छ ।

    मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमालाई आधार बनाउन आयोगले सरकारलाई आग्रह गरेको छ । यसअघि निर्वाचन आयोग, मानव अधिकार आयोग र लोकसेवा आयोगले पनि आपत्ति जनाउदै सच्याउन माग गरेका थिए ।

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्