दूतावासबाट भिसा पाएकालाई श्रमस्वीकृति दिन सुरु

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ७, २०७५

    – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावासबाट सोझैं भिसा पाएकालाई श्रमस्वीकृति दिन सुरु गरेको छ । मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको हो । श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । श्रम सम्झौतापछि मलेसिया जाने यो पहिलो समूह हो । उनीहरु ओटा टनेल कम्पनीमा ५ हजार रिंगेट तलब पाउने गरी गएका हुन् ।

    दूतावासबाट सोझैं भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो । त्यसलाई श्रमस्वीकृति दिन मन्त्रालयबाट सहमति प्राप्त भएको विभागका महानिर्देशक दिलिप चापागाईले बताउनुभयो । दूतावासले यसैगरी भिसा पाउने श्रमिकको नामावलीसहित पत्र पठाएमा श्रमस्वीकृति दिदै जाने उहाँले बताउनुभयो । सरकारले गत जेठ २ देखि मलेसिया जाने नयाँ श्रमिकको श्रमस्वीकृति रोकेको थियो । गत कार्तिक १२ गते दुई देशबीच द्धिपक्षीय श्रम सम्झौता भएपनि श्रमस्वीकृति प्रक्रिया शुरु भएको थिएन । श्र

    म समझदारीको भावना अनुरुप श्रमस्वीकृति प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयले जनाएको छ । कलिङ भिसा पाएकालाई सोझै भिसा उपलब्ध गराउन मन्त्रालयले मलेसियालाई अनुरोध पनि गरेको छ । झन्डै १० हजार श्रमिकले कलिङ भिसा पाएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । कलिङ भिसा पाएको श्रमिकको विवरण संकलन गर्ने तयारी समेत मन्त्रालयले थालेको  छ । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्