बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ७, २०७५

    - अखिल नेपाल फुटबल संघ एन्फाले शहिद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । आगामी माघ २५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वोईज युनियन क्लब भिड्ने भएका छन् ।

    दुई चरणमा गरिने प्रतियोगितामा बी डिभिजनका १२ क्लब सहभागी छन् । दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । १२ टोलीलाई २ समुहमा विभाजन गरिएको छ । समुह ए मा झम्सिखेल युथ क्लब, रानी पोखरी कर्नर टिम, श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब र बोईज युनियन क्लब छन् ।

    समुह बी मा टुसाल युथ क्लब, पुल्चोक स्र्पोटर्स क्लब, मध्यपुर युथ एशोसियसन, खुमलटार युवा क्लब, बाँसवारी क्लब र श्री भगवती क्लब छन् । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्