तीन जना राजदुतको संसदीय सुनुवाई हुँदै

काठमाडौं

    माघ ८, २०७५

    - सरकारले सिफारिस गरेका विभिन्न ५ मुलुकका राजदुतमध्ये आज थप तीन जनाको संसदीय सुनुवाई हुँदैछ । सिंहदरबारमा विहान ११ बजे बस्ने संघीय संसदको सुनुवाई समिति बैठकमा प्रस्तावित तीन जना राजदुतको सुनुवाई हुन लागेको हो ।

    आज स्विटजरल्याण्डका लागि मणि भट्टराई, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि दुर्गा प्रसाद भण्डारीको सुनुवाई हुन लागेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । यसअघि गत विहीबार समिति थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेश ढकाल र फ्रान्सका लागि प्रस्तावित दिपक अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

    सरकारले परराष्ट्र सेवाबाट राजदुतका लागि ५ जनाको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो । बिहीबारको सुनुवाई समितिको बैठकले संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्यूयोर्कका लागि स्थायी प्रतिनिधिमा सफारिस अमृत राई विरूद्ध उजुरी आह्वान गरेको थियो ।  

     

    प्रकाशित:माघ ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्