कार्गाे पानीजहाजमा आगलागी हुँदा ११ जनाको मृत्यु

- रेडियो कान्तिपुर,

    माघ ८, २०७५

    तान्जानियाका दुई कार्गाे पानीजहाजमा आगलागी हुँदा ११ जना मारिएका छन् । ब्ल्याक सिको क्रेज स्ट्रट क्षेत्रमा ती जहाजमा आगलागी भएको थियो । रुसी उद्धारकर्मीले अन्य  १४ जनाको भने उद्धार गरेका छन् । चालक दलका १४ सदस्य तथा टर्की र भारतका गरी १७ कर्मचारी जहाजमा सवार थिए ।

    इन्धन भर्ने क्रममा सुरु भएको आगलागीले अर्को जहाज समेत भेटेपछि बढी क्षति भएको बीबीसीले उल्लेख गरेको छ । आगलागी पछि पानीमा हामफालेका चालक दल र कर्मचारीको उद्धार गरिएको हो ।

    सिरियामा इन्धन आपुर्ती गरेको आरोपमा दुवै जहाज अमेरिकाको प्रतिबन्धको सूचीमा छन् ।  

    प्रकाशित:माघ ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्