फिलिपिन्स प्रशासित मिन्डानाओ टापुमा स्वशासनका लागि जनमत सङग्रह हुँदै

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ८, २०७५

    - फिलिपिन्स प्रशासित मिन्डानाओ टापुमा स्वशासनका लागि जनमत सङग्रह हुँदैछ । जनमत सङग्रहमा ३० लाखले मतदान गर्ने छन् । फिलिपिन्स सरकार वा स्वाशासित क्षेत्रको पक्षमा रहेको बाग्समोरो ईश्लामिक समुहको पक्षमा मतदान गर्न सकिनेछ । फिलिपिन्स सेनाले वर्षाैं देखी ईश्लामिक अतिवादीविरुद्ध सो क्षेत्रमा संघर्ष गरिरहेको छ ।

    मिन्डानाओ टापुमा स्वतन्त्रताको संघर्षका क्रममा १ लाख २० हजारले ज्यान गुमाएका छन् । आज हुने निर्वाचनको परिणाम शुक्रबार सार्वजनिक गरिने बीबीसीले उल्लेख गरेको छ । बहुमतले स्वशासनको पक्षमा मतदान गर्ने एक्जिट पोलको अनुमान छ ।

    फिलिपिन्स सरकार र मोरो ईस्लामिक समुहबीच भएको शान्ति सम्झौता पछि जनमतसङग्रहको निर्णय गरिएको छ । जनमतसङग्रहले स्वशासनलाई स्वीकार गरे सन् २०२२ मा प्रदेशस्तरीय संसदको निर्वाचनका लागी फिलिपिन्स केन्द्र सरकार सहमत छ । 

    प्रकाशित:माघ ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्