तरुण दलले देशव्यापी विरोध कार्यक्रम गर्ने

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ८, २०७५

    - नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले  सरकारलाई दबाब दिन आजबाट देशव्यापी विरोध कार्यक्रमहरु गर्ने भएको छ ।  

    माउ पार्टीले प्रतिपक्षीको भूमिका मजबुत बनाउने भन्दै आफ्ना भ्रातृ संगठनलाई सरकारका पछिल्ला काम कारबाही विरुद्ध सडकमा उत्रार्ने रणनीति अघि सारेसँगै तरुण दलले विभिन्न विरोध प्रदर्शनका कार्यक्रम सुरु गर्न लागेको तरुण दलका  केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिनुभयो । आज विराटनगरबाट सुरु हुने  दबाबमुलक कार्यक्रम आगामी १४ गते धनगढीमा पुगेर सकिने बस्नेतले जानकारी दिनुभयो । 

    प्रकाशित:माघ ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्