नेप्से २९ करोड रुपैयाँ बढीको कारोबार

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ८, २०७५

    धितोपत्र बजारमा आज सामान्य अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज शुन्य दशमलव ७८ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ८३ अंकमा पुगेको छ । यो साता लगातार ओरालो लागिरहेको धितोपत्र बजारमा आज झिनो सुधार आएको छ ।

    निर्माण तथा उत्पादन, जलविद्युत र वित्त बाहेक अन्य सबै समूहको उपसूचकमा सुधार आएपछि बजार प्रभावित बनेको हो । कारोबार रकममा भने हिजोको तुलनामा करीब ७ करोड रुपैयाँले कमी आएको छ ।

    नेप्सेमा आज कुल १ सय ५६ कम्पनीको ७ हजार ४ सय ८८ कारोबारबाट २९ करोड २२ लाख १४ हजार ३ सय ४५ रुपैयाँ बराबरका १० लाख २४ हजार ६ सय १५ कित्ता शेयर किनबेच भएको स्टक एक्स्चेञ्जले जनाएको छ ।  

    प्रकाशित:माघ ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्