शंकास्पद लगानीमाथिको अनुसन्धान क्षमता भन्दा बाहिर : डेपुटी गर्भनर शिवाकोटी

- अनिल परियार , काठमाडौं

    माघ ९, २०७५

    राष्ट्र वैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले विदेशमा नेपालीको संकास्पद लगानीको अनुसन्धान केन्द्रीय वैंकको क्षमताभन्दा वाहिर भएको बताउनुभएको छ । रेडियो कान्तिपुरसँग आज बिहान कुरा गर्दै शिवाकोटीले अन्तरदेशीय कानूनी संयन्त्रको अभाव, कानूनी जटिलता र सरोकारवाला निकायमा समन्वयन हुन नसकेकाले राष्ट्रवैंक एक्लैले केही गर्न नसक्ने बताउनुभएको हो ।

    खोज पत्रकारिता केन्द्र खोपके र इन्टरनेशनल कन्सोर्टियम आफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आईसीआईजेले सार्वजनिक गरेको विवरण अनुसार विदेशमा नेपालीको संकास्पद लगानी भेटिएपनि अहिले सम्म अनुसन्धान शुरु हुन सकेको छैन । ५५ जना नेपालीको विदेशमा लगानी सम्वन्धमा प्रधानमन्त्री मातहतमा रहेको सम्पत्ति सुद्धिकरण विभागले नै अनुसन्धान गर्नुपर्ने डेपुटी गर्भनर शिवाकोटीको भनाई छ ।

    यद्यपि राष्ट्र वैंकले आन्तरिक रुपमा अनुसन्धान भने शुरु गरको उहाँको भनाई छ । विदेशमा नेपालीको संकास्पद लगानी र नेपालमा आएका लगानीको बैधानिक श्रोत खोज्ने  सम्वन्धमा  अनुसन्धान र कारवाहीका लागि मुलुकभित्रका ऐनहरु समेत प्रभावकारी हुन नसकेको शिवाकोटीले बताउनुभयो । 

     

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्