सावरीमालामा प्रवेश गर्ने महिलालाई पारिवारिक बहिष्कार

बीबीसी

    माघ ९, २०७५

    लामो समयदेखिको धार्मिक प्रतिबन्धलाई चिर्दै भारतको केरलास्थित हिन्दूहरुको पवित्र सावरीमाला मन्दिरमा प्रवेश गर्ने महिलालाई उनको परिवारले घरनिकाला गरेको छ । ३९ वर्षीय कनाका दुर्गालाई परिवारले घरनिकाला गरेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    मन्दिर प्रवेश गरेकै कारण सासुले गरेको कुटपिटबाट घाइते उनको गत जनवरी १५ यता अस्पतालमा उपचार भइरहेको छ । सो मन्दिरमा महिनावारी हुने उमेर समूहका महिलाका लागि प्रतिबन्ध लगाईदै आएको छ ।

    भारतीय सर्वोच्च अदालतले गत सेप्तेम्बरमा सो मन्दिरमा महिला प्रवेश गर्न पाउने आदेश दिइसकेको छ । त्यसका बावजुद स्थानीयको अवरोधका कारण महिलाले सहज रुपमा प्रवेश गर्न पाएका छैनन् ।

    स्थानीयको विरोध प्रदर्शनका बावजुद दुर्गाले अर्की एक महिलाको साथमा गत जनवरी २ मा मन्दिर प्रवेश गरेकी थिइन् । मन्दिर प्रवेश गरेपछि उनको श्रीमान सहित परिवारले घर लग्न अस्वीकार गरेको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्