२ सय ५० स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ९, २०७५

    सरकारले २ सय ५० स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमका बीच ती संस्था हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री भने अनुपस्थित हुनुहुन्थ्यो । 

    प्रदेश १ मा कोशी अञ्चल अस्पतालसहित ४५ वटा स्वास्थ्य संस्था, २ मा नारायणी उप क्षेत्रीय अस्पतालसहित २७, ३ मा भरतपुर अस्पतालसहित ३८, गण्डकी प्रदेशमा ३६ स्वास्थ्य संस्था , ५ मा भेरी अञ्चल अस्पताल सहित ४१, कर्णाली प्रदेशमा ३२ वटा स्वास्थ्य संस्था र सुदूरपश्चिमको डडेलधुरा उप–क्षेत्रीय अस्पतालसहित ३१ वटा स्वास्थ्य संस्था हस्तान्तरण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १० औं तहको कर्मचारीलाई प्रदेश सरकारले नै भर्ना गर्न पाउने व्यवस्था पनि गरेको छ ।

    यस्तै ७ औं र ८ औं तहका कर्मचारी करारमा नियुक्त गर्दा प्रदेश सरकारले नै गर्न सक्ने व्यवस्था पनि गरिएको छ । मुलुक संघीयतामा गएसंगै कार्यान्वयन स्वरुप प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागि सरकारले स्वास्थ्य संस्थाको अधिकार सुम्पिएको हो । 

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्