नेप्से उकालो लाग्यो, कारोबार रकम घट्यो

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ९, २०७५

    धितोपत्र बजारमा आज सामान्य अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज ४ दशमलव १५ अंकले बढेर १ हजार १ सय ७२ दशमलव ९८ अंकमा पुगेको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । हिजोको तुलनामा कारोबार रकम भने ५ करोड रुपैयाँले घटेको छ ।

    नेप्सेमा आज २४ करोड ७७ लाख ४३ हजार १ सय ५५ रुपैयाँ बराबरका १ लाख २ हजार ७ कित्ता सेयर शेयर कारोबार भएको छ । 

    नेप्सेमा आज कारोबार भएका ११ मध्ये ९ वटा कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ५८ दशमलव ६ अंकले बढेको छ ।

    यस्तै, जलविद्युत समूहको ३१ दशमलव ४८ र लघुवित्त समूहको उपसूचक १२ दशमलव ९९ अंकले बढेको छ । उत्पादनमुलक कम्पनी समूहको ३१ दशमलव ६ र जीवन बीमा समूहको उपसूचक २७ दशमलव ३१ र अंकले घटेको छ । 

    नेप्सेमा आज माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ । 

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्