६ महिनामा ८ अर्ब बढीको मल आयात

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ९, २०७५

    सरकारले वर्षेनी ठूलो परिमाणमा मल आयात गरेपनि कृषकका लागि पर्याप्त हुन सकेको छैन । माग अनुसार मल वितरण नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । चालू आर्थिक वर्षको ५ महिनामा मात्रै ८ अर्ब रुपैयाँ बढीको मल आयात भएको छ ।

    मंसिर महिनासम्ममा ८ अर्ब २ करोड ५२ लाख ४१ हजार रुपैयाँ बराबरको मल आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब ५२ करोड ३५ लाख ९१ हजार रुपैयाँ बराबरको मल आयात भएको थियो ।

    आर्थिक वर्ष २०७४/७५ मा कुल १५ अर्ब २७ करोड रुपैयाँ बराबरको मल आयात भएको थियो । वर्षेनी अर्बौं रुपैयाँको मल आयात हुने गरेपनि बाली लगाउने समयमा कृषकले मलको अभावमा खेप्दै आएका छन् ।

    मलको समस्या निराकरणका लागि आवश्यक तयारी गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्