आर्मी सिमरा गोल्डकपको फाइनलमा

- रेडियो कान्तिपुर, बारा

    माघ ९, २०७५

    त्रिभुवन आर्मी क्लब, बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितपुरस्थित स्थानीय रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृती युवा क्लबलाई १–० ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

    खेलको ५० औँ मिनेटमा भरत खवासले गरेको गोल नै आर्मीलाई फाइनलमा पुग्न पर्‍र्याप्त भयो । दोस्रो सेमिफाइनलमा भोलि रुस्लान थ्रीस्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्