डीपीएललाई आईसीसीको मान्यता

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ९, २०७५

    रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै डीपीएललाई आईसीसीले मान्यता दिएको जनाएको हो ।

    डीपीएलमा सहभागी हुने ६ टोलीले दुई जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । आईसीसीको मान्यतापछि खेलाडी ल्याउन सहज हुने एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । प्रतियोगिताका लागि सबै टोलीले बोलकबोलबाट १२, एक मार्की खेलाडी घोषणा गरिसकेका छन् ।

    केही दिनमा सबै टोलीमा समावेश हुने विदेशी खेलाडीको घोषणा गर्ने अध्यक्ष शाहीले जानकारी दिए । लिगकम नकअआउटमा हुने प्रतियोगिताका शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् ।

    डीपीएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स गरी ६ वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन् । प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा आगामी माघ २६ गतेदेखि हुँदैछ । 

    प्रकाशित:माघ ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्