म्यानचेष्टर सिटी फाइनलमा

- रेडियो कान्तिपुर,

    माघ १०, २०७५

    - म्यानचेष्टर सिटी ईएफएल कप फुटबलको फाइनलमा पुगेको छ । बुर्टोन एल्बीयनमाथि समग्रमा १०–० को जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो । पहिलो लेगमा ९–० को सनसनीपूर्ण जित निकालेको सिटी दोस्रो लेगमा गएराती १–० ले विजयी भयो । सिटीको जितमा सर्जीयो अग्युरोले २६ औं मिनेटमा एक मात्र गोल गरे ।

    म्यान सिटीसँगको हार पछि बुर्टोेन भने रेलिगेसनमा पर्ने पक्का भएको छ । आगामि फेब्रुअरी २४ मा म्यान सिटीले काराबाओ कपको फाइनलमा चेल्सी र टटनह्याम बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन् । चेल्सी र टटनह्यामबीचको दोस्रो लेग आज राती स्टामफोर्ड ब्रीजमा हुनेछ । पहिलो लेगमा टटनहाम १–० ले विजयी भएको थियो । 

     

    प्रकाशित:माघ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्