बार्सिलोना सेभियासँग पराजित

- रेडियो कान्तिपुर,

    माघ १०, २०७५

    - कोपा डेल रे फुटबलमा चार वर्षदेखि  लगातार दबाब बनाउँदै आएको बार्सिलोना क्वार्टरफाइनलको पहिलो लेगमा गएराती सेभियासँग २–० ले पराजित भएको छ ।  सेभियाका लागि ५६ औँ मिनेटमा पाब्लो साराबिया र ७६ औँ मिनेटमा विसम बेन एदरले गोल गरे । 

    ६० प्रतिशन खेल आफ्नो नियन्त्रणमा राखेपनि बार्साले गोल फर्काउन सकेन । लियोनल मेसीलाई आराम दिएको बार्साले केभिन प्रिन्स बाओतेङलाई डेब्यु गराएको थियो । क्वार्टरफाइलको पहिलो लेगमा आज राती रियल मड्रिडले गिरोनासँग प्रतिस्पर्धा गर्नेछ 

    ।   

    प्रकाशित:माघ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्