मलेसियामा नयाँ राजा चयनका लागि मलेसियाका मतदान हुने

- रेडियो कान्तिपुर,

    माघ १०, २०७५

    -  वर्तमान राजा सुल्तान मोहम्मदले कार्यकाल सकिन ३ वर्ष अगावै गद्दी छाड्ने घोषणा गरेपछि नयाँ राजा चयनका लागि मलेसियाका मतदान हुने भएको छ । ५ वर्षको कार्यकालका लागि चुनिएका सुल्तानले पद त्यागको घोषणा गरेपछि आगामी जनवरी ३१ मा मतदान हुने भएको हो । दुई वर्ष मात्रै पद सम्हालेर पदावधिको बीचैमा  राजीनामा  गर्ने सुल्तान पहिलो राजा हुन् । 

    मलेसियाका राजाले सरकारको काम कारबाहीमा भने सहभागीता जनाउन पाउँदैनन् । नयाँ चयन हुने राजाले जनवरी ३१ बाटै गद्दी सम्हाल्नेछन् । राजा नियुक्तीका लागि राजसंस्था सदस्यको समितिले मतदान गर्नेछ । बेलायती उपनिवेश पछि १३ वटा राज्यका ९ जना राजा सहभागी एक समितिले आलो पालो रुपमा एकिकृत मलेसियाको राजाको पद सम्हाल्दै आएका छन् ।

    तिनै ९ राजपरिवारका उत्तराधिकारीको मतका आधारमा नयाँ राजा नियुक्त हुँदै आएका छन् । अब राजा बन्ने पालो रहेका पाहाङका सुल्तान अब्दुल्लाहले आवश्यक मत पाउने बारे भने आशंका व्यक्त  गरिएको छ । उनले पर्याप्त मत प्राप्त नगरे त्यसपछिको पालोमा रहेका ब्यक्ति राजा बन्ने मलेशियाली राजसंस्थाको कानुनमा उल्लेख छ । 

    प्रकाशित:माघ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्