एसीयन कप फुटबलको क्वाटरफाइनलका  दुई खेल हुँदै

काठमाडौं

    माघ १०, २०७५

    - एसीयन कप फुटबलको क्वाटरफाइनलका  दुई खेल आज हुँदैछन् । भियतनाम र जापान, पहिलो खेलमा बेलुकी पौने ७ बजे अल माकतुम रङ्गशाला दुबईमा भिड्नेछन् । प्रिक्वाटरफाईनलमा जोर्डनलाई पेनाल्टी सुट आउटमा हराउँदै भियतनामले अन्तिम ८ मा स्थान बनाएको हो भने जापानले साउदी अरबियालाई १–० ले स्तब्ध पारेको थियो । 

    दोश्रो खेलमा महोम्मद विन जायद रङशालामा नेपाली समय अनुसार राती पौने दश बजे चीन र ईरानबीच प्रतिस्पर्धा हुनेछ । प्रिक्वाटरफाईनलमा थाईल्याण्डलाई हराएको चीनले २०१८ मा वल्र्डकप खेलेको ईरानसँगको भेट पक्का गरेको हो । ईरानले भने ओमानलाई २–० ले पाखा लगाउँदै क्वटारफाईनलमा स्थान बनाएको थियो ।  

    प्रकाशित:माघ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्