डा. केसीको अनसनमा कांग्रेसले राजनीति गर्‍यो : मन्त्री पोखरेल

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ १०, २०७५

    The Headliners with Giriraj Mani Pokharel | Radio Journalist Basu | 24 January 2019

    डा. केसीको अनसनमा कांग्रेसले राजनीति गर्‍यो : मन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसनको विषयलाई लिएर कांग्रेस सहितका केही दलले राजनीति गरेको आरोप लगाउनुभएको छ । डा. केसीले उठाएका अधिकांश माग चिकित्सा शिक्षा विधेयकमा समेटिएको भएपनि अहिलेको अनसन फरक विषयमा केन्द्रीत भएको उहाँको दावी थियो ।  रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै मन्त्री पोखरेलले डा. केसीको १५ औं पटकको अनसनका क्रममा भएका सहमतिलाई आधार मानेर विधेयकको मस्यौदा बनाएको बताउनुभयो । संसदमा पेस गरिसकेपछि विधेयक संसदको सम्पत्ति भएकाले सरकारलाई गाली गर्न नहुने बताउनुभयो । डा. केसीका मागलाई लिएर कांग्रेसले संसदमा राजनीति गरिरहेको उहाँको आरोप थियो । चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सा शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहज हुने मन्त्री पोखरेलले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले ४७ जिल्ला पूर्ण साक्षर घोषणा भएको, १२ जिल्ला प्रक्रियामा रहेको बताउनुभयो । १८ जिल्लामा भने धेरै काम गर्न बाँकी रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    प्रकाशित:माघ १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्