बिदेशीले बजाएको मादलको तालमा सरकार नाचे मात्र उनीहरुको लगानी आउछ : चित्र बहादुर केसी

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २१, २०७५

    बिदेशीले बजाएको मादलको तालमा सरकार नाचे मात्र उनीहरुको लगानी आउछ : चित्र बहादुर केसी

    राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले शक्ति राष्ट्रहरुले बजाएको मादलको तालमा सरकार नाचे मात्र नेपालमा बिदेशी लगानी भित्रने बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अध्यक्ष केसीले बर्तमान सरकारलाई समृद्ध तथा शक्तिशाली राष्ट्रले बिश्वास गर्न नसकेको दाबी गर्नुभयो । 

    सरकारले गरेका पछिल्ला काम तथा निर्णयका कारण लगानी डुब्ने भयका कारण बैदेशीक लगानी आर्कषित हुन नसकेको केसीको भनाई छ ।  

    फरक प्रसंगमा उहाँले पछिल्लो समय चर्चा रहेका वाईड बडि, सुन तस्कर लगायतका काण्डमा सरकार र प्रतिपक्ष दुबै मिलेको आरोप लगाउनुभयो । आपसी मिलेमत्तोमा राज्यको अर्बौ रुपैया भ्रष्टाचार भएको भन्दै केसीले सत्ता र प्रतिपक्ष दुबै त्यसको जिम्मेबार भएको उल्लेख गर्नुभयो ।

    प्रकाशित:माघ २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्