भारतले बुझिसक्यो नेपाल अब हस्तक्षेप सहदैन : नवनियुक्त राजदूत आचार्य | The Headliners - 05 Feb 2019

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २२, २०७५

    राजनीतिज्ञ एवं संविधानका जानकार निलाम्बर आचार्य भारतका लागि राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारै उहाँलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सरकारले कार्तिक २५ गते आचार्यलाई राजदूत सिफारिस गरेको थियो भने मंसिर २३ गते संसदीय सुनुवाई समितिले उहाँको नाम अनुमोदन गरेको थियो । तात्कालिन प्रवुद्ध व्यक्ति समुह ईपीजीका सदस्य समेत रहेका आचार्य सामु प्रधानमन्त्रीस्तरमा ईपीजीको प्रतिवेदन बुझ्ने वातावरण बनाउने, नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्ध थप सुमधुर बनाउने चुनौती छन् । सीमा विवाद, सीमा क्षेत्रमा हुने डुवान, नेपाली भूमि फिर्ता देखि उच्चस्तरमा हुने कुटनीतिक सम्बन्ध स्थापना आचार्यका लागि प्रमुख चुनौती मानिएका छन् । मंगलवारको द हेडलायनर्समा हामीले नवनियुक्त राजदूत निलाम्बर आचार्यसँग कुरा गरेका छौं ।

     

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

     

    प्रकाशित:माघ २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्