प्रधानमन्त्री ओली असफल हुनु भनेको प्रचण्डपनि असफल हुनु हो : देवेन्द्र पौडेल

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २३, २०७५

    नेकपाको नेतृत्वमा वर्तमान सरकार गठन भएको १२ औं महिना चलिरहेको छ अर्थात आगामी फागुन ३ गते एक वर्ष पुग्दैछ । तर आर्थिक सम्बृद्धिको मुख्य नारा भने अलपत्र देखिन्छ । अधिकांश आर्थिक सुचकहरु नकारात्मक छन् । कसिलो कानुन यसको बाधक रहेको जानकारहरु बताउँदैछन् । सरकारको कामलाई लिएर असन्तुष्ट सत्तासाझेदार संघीय समाजवादी फोरम नेपाल सरकार छाड्ने चेतावनी दिइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी नेकपा आफै आन्तरिक समस्याबाट गुज्रिरहेको छ । साडे ८ महिना बितेपनि नेकपाले स्थानीय तह र जनवर्गिय संगठनमा एकीकरण टुंग्याउन सकेको छैन ।  तात्कालिन माओवादी केन्द्रका नेताहरु वर्तमान सरकारलाई असफल देखाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने खेलमा लागेको चर्चा पनि राजनीतिकवृत्तमा सुरु भएको छ । यही सेरोफेरोमा हामीले आजको द हेडलाईनर्समा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलसँग कुरा गरेका छौं ।

    प्रकाशित:माघ २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्