भेनेजुएला प्रकरणमा मेरो जिब्रो चिप्लिएको छैन :दाहाल

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २४, २०७५

    - भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो भाषामा आफ्नो अभिव्यक्तिप्रति जनाउनु भएको असन्तुष्टिलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले खण्डन गर्नुभएको छ ।

    नेपालका लागि अमेरिकी राजदूतसँग र्‍याण्डी बेरीको भेटमा प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने बताउनुभएको थियो ।

    भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूतसँग प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याउनुभएको थियो । तर अध्यक्ष दाहालले आज चितवन पुगेर प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति प्रति खुला असन्तुष्टी जनाउँदै आफ्नो विज्ञप्तिकै मर्म अनुसार नेपाल सरकार र पार्टी सचिवालयले पनि विज्ञप्ति निकालेको भन्दै त्यसमा कुनै विवाद गर्नु नपर्ने बताउनुभयो । 

    नेकपाको सचिवालय बैठकले समेत कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने यसअघि नै निर्णय गरेको थियो । यही माघ ११ गते नेकपाका अध्यक्ष दाहालले एक विज्ञप्ती जारी गरेर भेनेजुयलामा अमेरिकाको हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको थियो । उहाँको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । 

     

    प्रकाशित:माघ २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्