कांग्रेस भित्रको गुट, कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि : रामचन्द्र पौडेल| The Headliners

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २४, २०७५

    । रेडियो कान्तिपुरसँग कुरा गर्दै उहाँले यसअघि कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको समेत स्वामित्व लिन नचाहेको उल्लेख गर्नुभयो । वाइड बडी विमान खरिद प्रकरण, ३३ किलो सुन काण्ड, निर्मला पन्तको हत्या जस्ता घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसकेको पौडेलको भनाई छ । फरक प्रसङ्गमा भ्रातृ तथा सुभेच्छुक संघ संगठनमा पनि माउ पार्टी भित्र गुट उपगुटको प्रभाव परेको बताउनुभयो । उहाँले कांग्रेस नै गुटउपगुटको राजनीतिमा लागेकाले त्यसको प्रभाव तल्लो तहका साथै भ्रातृ संगठनमा पनि परेको बताउनुभयो । पार्टी भित्र विचार मिल्ने/मिल्ने जतिको जति वटा समूह बनेपनि सबैको साझा थलो केन्द्रीय कार्यसमिति भएकाले सबैको विचार त्यही मन्थन हुने बताउनुभयो । पार्टी जीवन्त बनाउन केन्द्रीय समितिमा सबैको विचार मन्थन गरेर नयाँ सोच, जोस र जाँगर ल्याउनुपर्ने उहाँको भनाई छ । पार्टी भित्र नेविसंघको नैनसिंह महर नेतृत्वको कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको उहाँको भनाई छ ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?

    प्रकाशित:माघ २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्