माघ २५, २०७५
- अमेरिकाले पठाएको सहयोग सामाग्री बोकेको ट्रकलाई भेनेजुएलाले कोलम्बियासँगको सीमा क्षेत्रमा रोकेको छ । सिमा क्षेत्र ककुटा पुगेका ट्रकलाई भेनेजुएलाको सेनाले मुलुक प्रवेश गर्न नदिएको हो । राष्ट्रपति निकोलस मडुरोले अमेरिकाको सहयोग मुलुक भित्रिन नदिने अडान लिनुभएको छ । अमेरिकाले पठाएको मानविय सहयोग भनिएका ट्रकमा खाद्यान्न र औषधि छन् । अमेरिकि सहयोग लिए मुलुकमाथि अमेरिकाले हस्तक्षेप गर्ने मडुरोको भनाई छ ।
मडुरोलाई सेनाको सहयोग छ । आफुलाई अन्तरिक राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गुवाईडोले भेनेजुएलाका नागरिक भोकमरीका कारण जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग मानविय सहायता माग्नुभएको थिया । भनेजुएलाको राष्ट्रिय सभाको अध्यक्ष समेत रहेका गुवाईडोले मडुरोले अनैतिक क्रियाकलाप गरेकाले संविधानत आफु सत्ता खोस्न बाध्य भएको बताउनुभएको छ । अमेरिका, क्यानडा, ल्याटिन अमेरिकि मुलुक सहित ४० राष्ट्रले गुवाईडोको कदमलाई समर्थन गरेका छन् ।
प्रकाशित:माघ २५, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्