फ्रान्सका र इटालीबीचको सम्बन्ध दोश्रो विश्वयुद्ध पछिकै खराब अवस्थामा

    माघ २५, २०७५

    - फ्रान्सका एल्लो भेष्ट प्रदर्शनका अगुवालाई इटालीका उप प्रधानमन्त्रीले भेटेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ । इटालीका नेताले फ्रान्स माथि अपमानजनक तथा निराधार आरोप लगाइरहेको पेरिसको दाबी छ ।

    फ्रान्सले एल्लो भेष्ट आन्दोलनका अगुवा भेट्ने इटाली उप प्रधानमन्त्रीको कदमबाट मुलुकको आन्तरिक राजनीतिमा दख्खल नदिन छिमेकीलाई आग्रह गरेको छ । २०१८ मा नयाँ सरकार गठन भए देखि नै फ्रान्स र इटालीबीचको सम्बन्ध चिसिएको छ । इटालीका लागि फ्रान्सका राजदुतले दोश्रो विश्व युद्ध सकिएपछि दुई मुलुकबीचको सम्बन्ध खराब अवस्थामा रहेको बताएका छन् ।

    दुई मुलुकबीच पछिल्लो समय आप्रवासी लगायत विषयमा चर्काचर्की भैरहेको छ । ईटालीले फ्रान्सको राजनीतिमा अनावश्यक चासो राखेर कुटनीतिक अभ्यासको अपमान गरेको फ्रान्सको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । फ्रान्सको कडा प्रतिक्रिया पछि इटालीका उप प्रधानमन्त्री मटेओ साल्भीनिले फ्रान्सका राष्ट्रपति ईम्यानुअल म्याक्रों सँग छलफलका लागि इच्छुक रहेको बताउनुभएको छ ।

    प्रकाशित:माघ २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्