अमेरिका र अफ्गानी तालेवानको वातार्मा पाकिस्तानको सहयोग

रोयटर्स

    माघ २५, २०७५

    अमेरिका र अफ्गानी तालेवान समूहबीच जारी शान्ति वार्तामा पाकिस्तानले सहयोग गरेको खुलेको छ । यसअघि अफ्गानिस्तानको गृह युद्धलाई नजरअन्दाज गर्दै आएको पाकिस्तानले हाल भने पर्दा पछाडि रहेर मुख्य भूमिका खेलिरहेको स्रोतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

    पाकिस्तानले तालेवानलाई वार्ताका लागि तयार पार्न र नेताहरुलाई यात्राको सुविधा उपलब्ध गराउन भूमिका खेल्नुका साथै लडाँकुलाई नियन्त्रणमा राख्नका लागि आग्रह गरेको जनाइएको छ । यद्यपि, सो सहयोग अस्थायी हुने अनुमान गरिएको छ । 

    यसअघि पाकिस्तानले तालेवानलाई शरण दिने गरेको र अस्थिरता फैलाउन सहयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको थियो । 

     

    प्रकाशित:माघ २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्