हुम्ला जुम्लामा व्यवस्थित खेती गरे खाद्यान्नमा नेपाल आत्मनिर्भर हुन्छ : नवराज उपाध्याय

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २५, २०७५

    अझै पनि नेपाल कृषिप्रधान मुलुकका रुपमा परिचित छ । कुल जनसंख्याको आधा बढी जनता अझै पनि कृषिमा आश्रित छन् तर कृषिप्रधान मुलुकमा भने वर्षेनी खाद्यान्नमाथिको परनिर्भरता बढ्दो छ । नेपालमा उत्पादिन खाद्यान्नले मुस्किलले ७ महिनामात्र पुग्ने गरेको छ ।

    चामल, मकै, गहुँसहित दैनिक उपभोग हुने खाद्यान्नको आयात उच्च छ । आधुनिक प्रणालीको जानकारी नहुनु, जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनु र प्लटिङ गरिनु, माटो र मौसम सुहाउदो खेती नगरिनु लगायत यसका मुख्य कारण हुन् ।

    बिषादीको वर्षेनी बढ्दो प्रयोगले उत्पादकत्व घट्दो छ भने आधुनिक प्रविधिको प्रयोग पर्याप्त हुन सकेको छैन । शुक्रवारको द हेडलाईनर्समा हामीले नेपाल खाद्य संस्थानका पूर्व नायव महाप्रवन्धक एवं नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष नवराज उपाध्यायसँग कुराकानी गरेका छौं ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    प्रकाशित:माघ २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्