भारतीय प्रधानमन्त्री मोदीको अरुणाञ्चल भ्रमणप्रति बेइजिङको आपत्ति

रोयटर्स

    माघ २६, २०७५

    चीन र भारतको विवादास्पद उत्तरपूर्वी सीमा क्षेत्र अरुणाञ्चल प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणप्रति बेइजिङले आपत्ति जनाएको छ । चुनाव नजिकिंदै गर्दा चुनावी सभा र पार्टीको समर्थन जुटाउन त्यहाँ पुगेका प्रधानमन्त्री मोदीको भ्रमणप्रति चीनले आपत्ति जनाएको हो ।

    विवादास्पद क्षेत्रमा भारतीय नेताहरुको कुनै पनि क्रियाकलापमा प्रतिबन्ध रहेको बताउँदै चिनियाँ परराष्ट्र मन्त्रीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सहमति विपरीत भएको आरोप लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    दुईपक्षीय वार्ताबाटै सीमा समस्या समाधानका लागि चिनियाँ परराष्ट्र मन्त्रीले भारतलाई आग्रह समेत गरेका छन् । भारतले भने सो विषयमा प्रतिक्रिया दिएको छैन ।

    सन् १९६२ देखि दुई मुलुकबीच सो क्षेत्रलाई लिएर तनाव चुलिँदै आएको छ । सीमा विवाद टुंग्याउन भएका विभिन्न प्रयास समेत असफल भएका छन् । 

    प्रकाशित:माघ २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्