सहयाता सामाग्री जसरी नि ल्याउँछु : गुवाईडो

एजेन्सी

    माघ २७, २०७५

    भेनेजुएलाका विपक्षी नेता हुवा गुवाईडोले अमेरिकाले पठाएको मानवीय सहायता समाग्री मडुरो सरकारको विरोधका बाबजुद मुलुक भित्राउने प्रतिवद्धता जनाउनुभएको छ ।

    स्व:घोषित अन्तरिम राष्ट्रपति गुवाईडोले स्वंयसेवकलाई ती सामाग्री वितरणका लागि  तयारी अवस्थामा रहन आग्रह समेत गर्नुभयो । अर्काे साता सहायता सामाग्री भेनेजुएला भित्रिने गुवाईडोको भनाई छ । कोलम्बिया हुँदै भेनेजुएलामा अमेरिकाले पठाएको खाना र औषधि सहितको मानवीय सहायता सामाग्री बोकेका ट्रक सीमा क्षेत्रमा रोकिएका छन् ।

    राष्ट्रपति निकोलस मडुरोको पक्षमा रहेको भेनेजुएला सेनाले सीमा क्षेत्रबाट ती ट्रक मुलुक प्रवेश गर्न दिएका छैनन् । मडुरोले ती ट्रक मुलुक भित्रिए अमेरिकी हस्तक्षेप समेत सँगै भित्रिने दावी गर्दै आउनु भएको छ ।

    यद्यपि, विपक्षी नेता गुवाईडोले भेनेजुएलाका जनता मानवीय जोखिममा रहेकाले सहयोग आवश्यक रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई अपिल गर्दै आउनु भएको छ । 

     

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्