बुढासुब्बा गोल्डकपको २१ औं संस्करण सुरु हुँदै

धरान

    माघ २७, २०७५

    वर्षाका कारण स्थगित बुढासुब्बा गोल्डकपको २१ औं संस्करणको उदघाटन खेलमा आज संकटा क्लब र मेची नेत्रालय झापा बीच प्रतिस्पर्धा हुँदैछ । धरानस्थित रंगशालामा हिजो हुने भनिएको उद्घाटन खेल वर्षाका कारण आजका लागि सारिएको थियो ।

    खेल दिउँसो ३ बजे सुरु हुने धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले जानकारी दिनुभयो । संकटा क्लब र झापाले बुढासुब्बामा तेस्रो पटक सहभागीता जनाएका हुन् । 

    २ बिदेशी सहित ८ टोली सहभागी प्रतियोगीताको विजेताले ८ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीताका सबै खेलहरु धरान रंगशालामा हुनेछन् । 

     

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्