मनकामना केवलकार पोखरा कपको उपाधि दाउफिन्स फेमिलिलाई

- रेडियो कान्तिपुर, पोखरा

    माघ २७, २०७५

    मनकामना केवलकार पोखरा कपको उपाधि क्यामरुनी क्लब दाउफिन्स फेमिलिले जितेको छ । कास्कीको पोखरा रंगशालामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै दाउफिन्सले उपाधि उचालेको हो ।

    दाउफिन्सको जितमा यानिक ओएनाले खेलको ५३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । 

    दाउफिन्सले उपाधिसँगै ७ लाख ५५ हजार नगद प्राप्त गर्‍यो । उपविजेता एपीएफले ४ लाख हात पार्‍यो । 

    नेपालमा प्रतियोगिता खेल्न आएको क्यामरुनी दाउफिन्सले पहिलो पटक उपाधि हात पारेको हो । एपीएफ भने सिजनको पहिलो उपाधि जित्न असफल रह्यो । विधागत तर्फको उत्कृष्टमा एपीएफका खेलाडीको बर्चश्व रह्यो ।

    उत्कृष्ट प्रशिक्षक राजेन्द्र तामाङ, उत्कृष्ट गोलरक्षक राजु नगरकोटी र डिफेण्डर रमेश दंगाल घोषित भए । मनाङका हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड दाउफिन्सका यानिक ओएना घोषित भए । उनले प्रतियोगितामा ४ गोल गरेका थिए । विधागत तर्फको उत्कृष्ट हुनेले जनही २५ हजार नगद प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्दै एपीएफका राजु नगरकोटीले मोटरसाइकल जिते । 

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्