नेप्से दोहोरो अंकले घट्यो

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २७, २०७५

    धितोपत्र बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से १२ दशमलव ५ अंकले घटेर १ हजार १ सय २७ दशमलव ५३ अंकमा पुगेको छ । नेप्सेमा आज होटल समूहका बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो ।

    सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ६० दशमलव २६ अंकले घटेको छ । निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय १० दशमलव ८, जलविद्युतको २६ दशमलव १८ र लघुवित्त कम्पनी समूहको उपसूचक १५ दशमलव ८ अंकले घटेको छ ।

    यस्तै, होटल समूहको उपसूचक भने ११ दशमलव ६८ अंकले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।  नेप्सेमा आज कुल १ सय ६० कम्पनीका ५ हजार ५ सय ९२ कारोबारबाट ७ लाख ८२ हजार ४ सय ७७ कित्ता सेयर किनबेच भए ।

    जसअन्तर्गत, २३ करोड ५१ लाख ९४ हजार ८ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज माच्छ्रापुच्छ्रे बैँक लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ । 

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्