चरेश सहित ३ जना भारतीय नागरिक पक्राउ

- हरिहरसिंह राठौर, धादिङ

    माघ २७, २०७५

    लागू औषध नियन्त्रण ब्युरोको सहयोगमा धादिङ प्रहरीले गजुरीबाट ९० लाख रुपैयाँ बराबरको चरेश बरामद गरेको छ । भारत लैजान लागेको सूचनाको आधारमा तीन सय ६० किलो चरेश सहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

    काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एसआर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेनरको सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले सो परिमाणको चरेश फेला पारेको हो । कन्टेनरको क्याविनमा फल्स बटम बनाई १५ वटा प्लाष्टिकको बोरा भित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ७ सय २ वटा चरेशको प्याकेट फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा कन्टेनर चालक उत्तर प्रदेशका ६४ वर्षीय ओम प्रकाश र सहचालक २९ वर्षीय मोरपाल वर्मा तथा ३४ वर्षीय गुलाफ खान छन् । खान लामो समय देखि लागू औषधको ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आएको धादिङ प्रहरीले जनाएको छ । 

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्