एक लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित एक पक्राउ

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २७, २०७५

    काठमाडौँ प्रहरीले एक लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित टोखा नगरपालिका, १० गणेशस्थानबाट एक जनालाई पक्राउ गरेको छ । गौतम सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो ।

    नक्कली नोटको कारोबारमा संलग्न अर्का अभियुक्त हिक्मत मिँया भने फरार छन् । प्रहरीले कुँवरको कोठाबाट एक हजार दरका ११ वटा र मिँयाको कोठाबाट १ सय ४१ वटा नक्कली नोट फेला पारेको हो ।

    प्रारम्भिक अनुसन्धानमा उनीहरुले नक्कली नोट बजारमा पठाएको हुन सक्ने भएकाले नोटको कारोबार गर्दा ध्यान दिनसमेत प्रहरीको अनुरोध गरेको छ । 

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्