सरकार कुहिरोको काग जस्तै बन्यो : राजेन्द्र लिङ्देन | The Headliners | 10 February 2019

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २७, २०७५

    राप्रपाका नेता राजेन्द्र लिङ्देनले बाटो पहिल्याउन नसक्दा दुई तिहाईको वर्तमान सरकार कुहिरोका काग जस्तै गन्तव्यहीन भएको आरोप लगाउनुभएको छ । उहाँले कसैले पनि अवरोध गर्न नसक्ने यो अवस्थामा पनि सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसक्नु सरकार असफलता तर्फ उन्मुख भएको टिप्पणी गर्नुभयो ।

    रेडियो कान्तिपुरको प्रभातकालीन नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले मुलुक भर नै विकासका लागि सरकारले समान तरिकाले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । सरकार विकास निर्माणको काममा विधि र प्रक्रिया मिचेर अघि बढेको नेता लिङ्दनेको आरोप छ । केन्द्रबाट निकासा हुने विकास बजेटमा नेता कार्यकर्ताको नाम जोडेर पठाउने गरेको उहाँको बताउनुभयो ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्