आधा दर्जन गोल गर्दै सिटी फेरि शीर्ष स्थानमा

- रेडियो कान्तिपुर,
  • अग्युरोको हयाट्रिक

माघ २८, २०७५

- इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीविरुद्ध म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । घरेलु मैदान इत्तिहाद स्टेडियममा चेल्सीलाई ६–० को फराकिलो अन्तरले हराउँदै म्यान सिटी तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

सर्जियो अगुईरोले ह्याट्रिक गरेको खेलमा राहिम स्ट्रलिङले २ गोल थपे । थप गोल एल्केई गोन्डुगानले गरे । चेल्सीमाथी अधिकांश समय दबाब बनाएको सिटीका थप दर्जन प्रहार बिफल बने । 

२७ खेलबाट ६५ अंक जोडेको सिटिले समान अंक भएको लिभरपुललाई पछि पारेको हो । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ । 

गएराती नै लेष्टर सिटीलाई ३–१ ले हराउँदै टटनह्यामले महत्वपुर्ण अंक हात पारेको छ । टटनह्यामको जितमा क्रिष्टियन एरिक्सन, सन ह्युङ मिन र डिभिन्सन सान्चेजले एक–एक गोल गरे । लेष्टरका जेमी भर्डीले १ गोल फर्काए । जितपछि पनि टटनह्याम ६० अंकमा तालिकाको तेस्रो स्थानमा यथावत छ ।  

 

प्रकाशित:माघ २८, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्