प्रतिनिधि सभाका विषयगत समितिहरु व्यस्त 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    - फुल हाउसले विजनेस दिएसँगै प्रतिनिधि सभाका विषयगत समितिहरु व्यस्त भएका छन् । विभिन्न विधेयकमाथिको छलफलका लागि आज तीन वटा समितिको बैठक बस्दै छ । राज्य सिंहदरबारमा विहान साढे ११ बजे बस्ने व्यवस्था तथा सुशासन समितिको पहिलो बैठकमा राष्ट्रिय परिचयपत्र सम्बन्धि विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । यस्तै दिउँसो साडे १ बजे बस्ने बैठकमा कर्मचारी समायोजन विधेयकमाथि छलफल हुने सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । 

    यस्तै दिउँसो १ बजे बस्ने कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रतिवेदन लेखनको काम जारी रहने समितिले जनाएको छ । निर्वाचन आयोगको क्षेत्राधिकारको विषयमा समिति सदस्यबीच सहमति हुन नसक्दा सो विधेयकमाथिको छलफल लम्बिएको हो ।

    दिउँसो २ बजे बस्ने कृषि सहकारी तथा पा्रकृतिक स्रोत समितिको बैठकमा जीवनाशक विषाधी व्यवस्थापन सम्वन्धी विधेयकमाथि दफावार छलफल हुने सचिवालयका सहप्रवक्ता अर्यालले बताउनुभयो । 

    यसैबीच राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा ऐन कानून निर्माण सम्वन्धी विभिन्न विषयमा छलफल हुँदै छ । सिंहदरबारस्थित समितिको हलमा विहान साडे ११ बजे बस्ने बैठकमा कानुन मन्त्रालयले नयाँ विधेयक मस्यौदा गर्दा प्रत्यायोजित विधायन सम्वन्धी राख्नुपर्ने प्रावधानका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ ।

    यस्तै जग्गाको कित्ताकाँट सम्वन्धी निर्देशनका विषयमा पनि छलफल हुने समिति सचिवालयले जनाएको छ । यसअघि रोकिएको जग्गाको कित्ताकाँट सरकारले खुल्ला गरेपछि समितिले ऐन कानून बनाएर मात्र काम अघि बढाउन निर्देशन दिएको थियो ।

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्