अफ्रिकी मुलुकमा शान्ति सुरक्षा कायम गर्नु : महासचिव एन्टेनियो गुटर्रेस

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    - संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले शान्ति सुरक्षा कायम गर्न अफ्रिकी मुलुकका नेतालाई आग्रह गर्नुभएको छ । अफ्रिकन यूनियनको ३२ औँ शिखर सभामा सहभागी हुन इथियोपिया पुगेका गुटर्रेसले अफ्रिकी समुदायलाई सम्बोधन गर्दै शरणार्थी समस्या, लगायत मुलुकभित्रै विस्थापित नागरिकको उचित व्यवस्था गर्न र शान्ति सुरक्षा कायम राख्न आह्वान गर्नुभएको हो ।

    विशेषत: उहाँले लिबियाको समस्या समाधानका लागि सामुहिक प्रयास थाल्न आह्वान गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । लिबियाली जनताको पुर्नमिलनका लागि संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन उहाँले आह्वान गर्नुभयो ।

    संयुक्त राष्ट्रसंघको पहलमा लिबियाको राजधानी त्रिपोली र आसपासका क्षेत्रमा जारी युद्धविराम प्रभावकारी भएको भन्दै उहाँले लिबियाली नागरिकको पुर्नमिलनका लागि उचित वातावरण निर्माण गर्न आग्रह गर्नुभएको हो । इथियोपियाको राजधानी अदिस अबाबामा जारी अफ्रिकी युनियनको  शिखर सम्मेलनमा अफ्रिकी मुलुकको आर्थिक सरोकारका विषयसँगै शरणार्थी समस्या समाधान, विस्थापित नागरिकहरुको व्यवस्थापन, शान्ति र सुरक्षा लगायतका विषयमा छलफल भइरहेको छ । 

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्