सिरियामा अमेरिकी शैन्य कारबाही जारी

- रेडियो कान्तिपुर,

    माघ २८, २०७५

    - अमेरिका समर्थित शैन्य फौजले पूर्वी सिरियास्थित इस्लामिक स्टेट आईएसको कब्जामा रहेको भनिएका क्षेत्रमा धरपकड सुुरु गरेको छ । आईएसबिरुद्ध अन्तिम युद्ध घोषणा गर्दै प्रभावित क्षेत्र छिरेको गठबन्धन सेनाले भीषण आक्रमण जारी राखेको हो ।

    बीबीसीका अनुसार, सेना प्रभावित क्षेत्रभित्रै प्रवेश गरेको छ । कुर्द नेतृत्वका प्रवक्ताले आइएस र अमेरिका समर्थित फौजबीचको भीडन्त ग्रामिण क्षेत्रमा केन्द्रित रहेको जानकारी दिए । आइएसले आफूविरुद्धको कारबाहीको कडा प्रतिकार गरिरहेको ती प्रवक्ताले बताएका छन् । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्