वर्षाले २० करोडको इँटा नष्ट  

- अमृता अनमोल,

    माघ २८, २०७५

    - वर्षाका कारण रूपन्देहीमा २० करोड रुपैयाँ भन्दा बढीको काँचो इँटा नष्ट भएको छ । बुटवलका ५० उद्योगमा पोल्नका लागि तयार पारिएका करिब ५ करोड काँचो ईंटा गलेर नष्ट भएको र यसबाट व्यवसायीले २० करोडभन्दा बढी रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको  लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीले जनाएको छ ।

    काँचो इाटाको बिमा नहुने हुँदा बेमौसमी वर्षाले व्यवसायीले वर्षेनी  नोक्सानी बेहोर्दै आएका संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो । काँचो इँटा गलेर नष्ट हुँदा उत्पादनमा कमी आउने र बजारमा पनि इँटाको अभाव हुने अवस्था आएको बताउनुभयो । रुपन्देहीको इँटा अर्घाखाची, गुल्मी, पाल्पा, गुल्मी, पोरा, काठमाडौंलगायत स्थानमा जाने गरेको छ ।

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्