अमेरिका : लम्बिएला फेरि सरकारी खर्चबन्दी ?

- रेडियो कान्तिपुर,

    माघ २८, २०७५

    - अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र  प्रतिपक्षी डेमोक्राटबीचको तनावका कारण पुन: सरकारी  कामकाज बन्द हुनसक्ने संकेत देखा परेको छ ।  यसअघि दुवै पक्षबीच भएका वार्ताहरु बिना निष्कर्ष टुंगिदै आएका छन् । दुवै पक्षबीच भएका वार्तामा निष्कर्ष प्राप्तीका लागि सकारात्मक पहलै नभएको आंकलन गरिएको छ ।

    वार्तामा पैसाका सम्बन्धमै बहस केन्द्रित गरेपनि दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि यसअघि ३ साताका लागि स्थगन गरिएको खर्चबन्दी पुन: लम्बिन सक्ने चिन्ता बढेको बीबीसीले जनाएको छ ।  वार्ताकारहरुले सोमबार पनि यस विषयमा छलफल गर्ने जनाइएको छ । जसमा डेमोक्राटहरुलाई  मार्ग प्रशस्त  गर्नका लागि  आग्रह गरिने जनाइएको छ । आर्थिक संकटलाई थप लम्बिन नदिन र पुन: सरकारी खर्चबन्दी बन्द हुन नदिन आगामी शुक्रबारसम्म ठोस निर्णय गर्नैपर्ने बाध्यता दुवै पक्षलाई छ ।

    त्यसो हुन नसके राष्ट्रपति ट्रम्पले दक्षिणी सीमा संकटकाल घोषणा गरी वैकल्पिक उपायमार्फत सीमामा पर्खाल लगाउने क्रिया अघि बढाउन सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।  मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने  खर्च सम्बन्धि विधेयक यक  डेमोक्राटहरुको असहमतिका कारण संसदबाट पास नभएपछि  राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय बजेट पास नगर्दा ३५ दिनसम्म सरकारी कामकाज ठप्प भएका थिए ।

    पछिल्लो पटक यस सम्बन्धमा  छलफल गरी निष्कर्ष निकाल्ने भन्दै हवाइट हाउसले ३ साताका लागि सरकारी कामकाज सञ्चालनको बाटो खुल्ला गरेको थियो ।  संघीय सरकारका कामकाज ३५ दिनसम्म ठप्प हुँदा गत डिसेम्बरको अन्त्यबाटै  ८ लाख बढी नागरिक प्रभावित छन् । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्