स्वार्थी तत्वहरुसँग सचेत बनौँ : प्रधानमन्त्री

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    - जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले चलखेल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत रहनु आग्रह गर्नुभएको छ ।

    गृह मन्त्रालयमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्ति विरुद्ध लडन सबैलाई आह्वान गर्नुभयो ।

    जनताको अपेक्षाअनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति प्रधानमन्त्री ओलीको आपत्ति थियो । चैत दोस्रो साता आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भईरहेको दावी प्रधानमन्त्री ओलीको थियो ।

    प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै मुलुकमा विद्युतीकरण हुन नदिन यस्ता खालको गतिविधि भईरहेको बताउनुभयो । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्