साहारालाई हराउँदै नेपाल पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

- प्रदीप मेन्याङ्बो, धरान

    माघ २८, २०७५

    - पोखराको साहारा क्लवलाई सडन डेथमा हराउँदै नेपाल पुलिस क्लव बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सडन डेथमा पुलिसका भरत शाह गोल गर्न सफल भए ।साहाराका अन्जन देवकोटाको प्रहार विफल भएपछि ऊ   क्वार्टरफाइनलबाटै बाहिरियो ।

    धरान रगंशालामा आज भएको खेलमा निर्धारित समय १–१ को बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिईएको हो ।

    प्रतियोगितामा भोलि आयोजक धरान फुटबल क्लव र भारत कलकत्ताको डग हाउस एथलेटिक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले ८ तथा उपबिजेताले ४ लाख रुपैयाँ हात पार्नेछन् । 

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्