शहिद स्मारक बी डिभिजन लिग : सातदोबाटो र मध्यपुर विजयी

काठमाडौं

    माघ २८, २०७५

    - शहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लव र मध्यपुर युथ एशोशियसन विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा मध्यपुरले खुमलटार युथ क्लवलाई ३–२ ले हरायो ।

    मध्यपुरको जितमा सुवर्ण विक्रम कार्की, कैलाश लामिछाने र विवेक गुरुङले गोल गरे । खुमलटारका लागि दुवै गोल अभय रानाले गरे । 

    आजै भएको पहिलो खेलमा सातदोबाटोले श्री कुमारी क्लवलाई २–१ ले पाखा लगायो ।  पहिलो हाफमा १–० ले अग्रता बनाएको सातदोबाटोले दोस्रो हाफमा थप १ गोल गर्‍यो । सातदोबाटोको जितमा दिपेश गुरुङ र रन्जन पुनले गोल गरे । श्री कुमारीका सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल फर्काए । 

    लिगमा भोलि टुसाल युथ क्लव र बाँसवारी क्लव तथा झम्सीखेल युथ क्लव र नयाँबस्ती युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्