मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको अध्यक्ष दाहालको भनाई

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    – सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका १ महनौरमा निर्मित स्वास्थ्य चौकीको आज उद्घाटन गर्दै उहाँले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफू र समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको समेत बताउनुभयो । 

    उहाँले मधेसको विकास निर्माणमा सरकारको ध्यान नजालाकी भनेर शङ्का नगर्नसमेत आग्रह गर्नुभयो । मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको , तराई मधेसको निम्ति झन्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको समेत उहाँको भनाई थियो । 

    सिंचाई र खानेपानीको दीर्घकालीन ढङ्गले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको पनि उहाँले भनाई थियो । उहाँले सिरहा जिल्ला आाप उत्पादनमा नेपालकै अग्रणी जिल्ला भएको उल्लेख गर्दै सिरहालाई आँप क्षेत्रको रूपमा विकास गर्न पहल गर्नेसमेत बताउनुभयो । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्