सरकारी चिकित्सक संघ गोदानद्वारा प्रदर्शन

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    – सरकारी चिकित्सक संघ गोदानले काठमाण्डौंमा आज विरोध प्रदर्शन गरेको छ । कर्मचारी समायोजन प्रक्रियामा चिकित्सकलाई पनि अन्य कर्मचारी सरह व्यवस्था गरिएको भन्दै असन्तुष्ट बनेको संघले वीर अस्पतालदेखि माइतीघरसम्म प्रदर्शन गरेको हो । गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले यसअघि स्वास्थ्य मन्त्रालयले गरेको सहमतिमा चिकित्सकलाई संघीय सरकार अन्तर्गत राखिने उल्लेख भएपनि सो व्यवस्था नहुँदा आफूहरु पुन: आन्दोलित हुनु परेको बताउनुभयो ।

    गत पुष ३० गते भएको वार्तामा स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई समायोजन प्रक्रियामा संघीय सरकार अन्तर्गत राख्ने सहमति भएको थियो । समायोजन प्रक्रियामा भने अन्य कर्मचारी सरह चिकित्सकलाई पनि समायोजन गरीरहेकाले गोदानले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । आज स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसंग भएको अनौपचारिक छलफलका क्रममा आफुहरुको मागप्रति स्वास्थ्य मन्त्रालय भने सकारात्मक रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबीच तालमेल नमिलेका कारण चिकित्सकको मागलाई नजरअन्दाज गरिएको गोदानको आरोप छ । गोदानले हिजो स्वास्थ्य मन्त्रालय परिषरमा शान्तीपूर्ण धर्ना दिएको थियो । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्