प्रचण्डमा सत्ताको छटपटी छ : राधाकृष्ण मैनाली | The Headliners - 11 February 2019

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २८, २०७५

    तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको ९ महिना हुनै लाग्यो तर पूर्ण रुपमा एकीकरण हुनुको साटो नेतृत्वमा दरार देखिएका छन् । भेनेजुएलाको राजनीतिक अवस्थालाई लिएर अध्यक्ष पुष्पकमल दाहालबाट जारी विज्ञप्तिले पार्टी भित्र तरंग ल्याएको छ । एकताको खाका बनाउन गठित कार्यदल नै प्रभावित भएपछि जनवर्गीय तथा स्थानीय तहमा एकीकरण हुनै सकेको छैन । अध्यक्ष दाहालले माओवादी फेरि व्युतन सक्छ भनेर दिएको अभिव्यक्तिले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको असन्तुष्टिको सीमा स्पष्ट पारिरहेको छ । सोमवारको द हेडलाईनर्समा हामीले लामो समय देखि ओली र दाहालसँगै राजनीति गर्नुभएका बामपन्थी नेता राधाकृष्ण मैनालीसँग नेकपा भित्रको विवाद, पार्टी एकीकरण, सरकारको एक वर्षे कार्यकाल लगायत बिषयमा कुरा गरेका छौं ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

    Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

    https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्