झिंगा र साङ्ला लोप हुँदै

एजेन्सी

    माघ २९, २०७५

    विश्वमा किराफट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी आईरहेको एक अध्ययन सार्वजनिक भएको छ । स्तनधारी जनावर, चरा र सरिश्रृपको तुलनामा किरा फ्याड्ग्राको संख्यामा ८ गुणाले कमी आएको अध्ययनले देखाएको छ ।

    बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार झिंगा र साङ्ला भने पृथ्वीबाटै हराउने स्थिति छ । ४० प्रतिशत किरा फट्याङ्ग्राको अस्तित्व आगामी एक दशकमा हराउने बीबीसीले उल्लेख गरेको छ । कृषिमा प्रयोग हुने विषादी तथा जलवायु परिवर्तन किरा फट्याङ्ग्राको संख्यामा आएको कमिको मुख्य कारण रहेको अध्ययनले देखाएको छ ।

    मानव जीवन स्वस्थ बनाउन किरा फट्याङ्ग्राको महत्वपूर्ण भूमिका रहेको छ । विश्वमा उत्पादन हुने बालीको ७५ प्रतिशत परागसेचन किराले नै गर्ने गरेका छन् । चरा, चमेरा सहित कयौं स्तनधारी जनावर तिनै बालीमा निर्भर छन् ।

    पृथ्वीमा रहेका कुल किरा फट्याङ्ग्रा मध्ये एक तिहाईलाई संकाटापन्न सूचीमा राखिएको छ ।

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्